+
+

डिजेल चोरीमा संलग्नलाई निगमले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १८:३९

१८ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्नलाई कारबाही गरेको छ । निगमको अमलेखगञ्ज डिपोबाट विराटनगर हिंडेको ट्यांकरबाट डिजेल चोरी भएको खुलासा मंगलबार भएको हो । तेल चोरी भएको खुलेपछि बुधबार निगमले ढुवानीमा संलग्न ट्यांकर, चोरीको तेल किन्ने पम्प र चोरी भएको ट्यांकर चालकलाई समेत कारबाही गरेको हो ।

निगमले चोरी भएको ट्यांकरका चालक र सहचालकलाई सधैंभरिका लागि ढुवानीमा संलग्न हुन रोक लगाएको छ भने डिजेल ढुवानीकर्ता कम्पनी गुणराज निरौलालाई तीन महिनाका लागि निलम्बन गरिएको निगमले जनाएको छ ।

यस्तै, चोरीको डिजेल किन्ने भण्डार आयल स्टोर र दिलीप ट्रेडर्सलाई एक/एक लाख रुपैयाँ जरिवाना गरिएको र ६ महिनाका लागि इन्धन आपूर्ति रोक्का गरिएको पनि निगमले जनाएको छ । घटनाबारे थप अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाएको पनि निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगमसँग करार सम्झौता भएको को १ ख ३६५५ नम्बरको ट्यांकर अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय विराटनगर जाँदै गर्दा सम्पर्कविहीन भएको थियो । निगमले स्टक ट्रान्सफर गरिएको उक्त ट्यांकर इलाका प्रहरी कार्यालय रुपनीले सप्तरी भन्दा करिब २ किलो मिटर उत्तर तर्फ कच्ची सडकमा १४ माघमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?