+
+

सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १०:०३

१९ माघ, वीरगञ्ज । सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही लालबन्दी नगरपालिका- १७ रानिगंज डाडाँटोल बस्ने ३३ वर्षीय राजकुमार महतो र भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी एक बस्ने संजिव कुमारको ६ वर्षीय हेमन्तको कुमार मृत्यु भएको हो ।

बुधबार दिउँसो लालबन्दीको डाँडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ३१२९ नं. को बोलेरो पिकअपले विपरीत दिशाबाट गइरहेको प्र २-०२-००२ प ९२५३ न.को मो.सा.लाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक राजकुमारको दुबै खुट्टा, दाहिने हातको पाखुरामा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उद्धार गरेर स्थानीय मोडल हस्पिटलमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

पिकअप चालक २२ वर्षीय मुकेश साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि साँझ सर्लाहीको बरहथवा नगरपालिका- १६ सितापुर कटानीमा सवारी दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको हो ।

शिव इँटा उद्योगको प्र २-०३-००१ त ६५५५ नम्बरको ट्रयाक्टरले हेमन्तलाई ठक्कर दिएको थियो । उनी भट्टामा काम गर्ने बुवा सञ्जिबसँगै बस्दै आएका थिए ।

ट्याक्टरको ठक्करबाट घाइते भएका हेमन्तलाई उपचारको लागि लिलावती अस्पताल हरिवनमा लगिएकोमा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

ट्याक्टर इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको भए पनि चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?