+
+

भ्यालेन्टाइन डेको अनौठो कार्यक्रम : भूपू मायालुको सम्झनामा साङ्लाको न्वारान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते ७:४५

काठमाडौं । फेब्रुअरी महिनाको एक हप्तालाई प्रेम सप्ताह मानिन्छ । प्रेम सप्ताहको अन्तिम दिन अर्थात् फेब्रुअरी १४ लाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेका रुपमा मनाइन्छ ।

भ्यालेन्टाइन डे मा धेरै मानिसहरुले आफूलाई मनपर्ने व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने, प्रेमी प्रेमिकाबीच उपहार आदानप्रदान गर्ने गर्दछन् । यसैक्रममा यो पटकको प्रणय दिवसको अवसरमा क्यानडामा विशेष कार्यक्रमको घोषणा गरिएको छ ।

जस अनुसार भ्यालेन्टाइन डेका अवसरमा आफ्नो भूपू मायालुको सम्झनामा साङ्लाको न्वारान गर्न पाइनेछ ।

स्थानीय मिडियाहरुका अनुुसार क्यानडाको टोरन्टोस्थित चिडियाखानाको साझेदार संस्था टोरन्टो चिडियाखाना बन्यजन्तु संरक्षणलेले यस्तो कार्यक्रमको घोषणा गरेको हो । जीवजन्तुहरुको लोप हुने चुनौतिसँग जुध्ने अभियान स्वरुप उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

‘साङ्लाको न्वारन अभियान’ नाम दिइएको उक्त कार्यक्रममा सहभागी हुनका लागि चिडियाखानालाई न्यूनतम २५ क्यानेडियन डलर दान गर्नुपर्नेछ । त्यसपछि आफूलाई रिस उठाएको जो कोही मान्छेको नामबाट साङ्लाको नाम राख्न सकिनेछ ।

एक ट्वीटमा आयोजक संस्थाले भनेको छ, ‘यदि तपाईंको जिवनमा कोही रिस उठाएको मान्छे छ भने यो भ्यालेन्टाइन डेमा उनीहरुको सम्मानमा साङ्लाको नामाकरण गर्नुहोस् र रिस फेर्नुहोस् ।

साङ्लाको नामाकरणका लागि उक्त चिडियाखानाको वेबसाइटमा गएर नाम दर्ता गर्नु पर्ने छ । त्यसपछि उनीहरुलाई साङ्लाको नाम सहितको डिजिटल प्रमाणपत्र, शेयर गर्न मिल्ने डिजिटल ग्राफिक तथा रकम भुक्तानीको बिल उपलब्ध गराइनेछ ।

आफ्ना भूपू मायालुहरुको नाममा साङ्लाको नामाकरण गर्ने विषयमा केही दायराहरु निर्धारण गरिएको छ । मानमर्दन हुने तथा घृणा फैलाउने खालका नाम राख्न पाइनेछैन ।

हुनत साङ्लाको नामाकरण केवल भूपू मायालुको नाममा मात्र राख्न पाइने भन्ने होइन । आफ्नो हाकिम, पूर्व साथी, आफन्तदेखि आफूलाई रिस उठाएको जो कोहीको नाममा साङ्लाको न्वारान गर्न सकिनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?