
१९ माघ, काठमाडौं । जेभियर इन्टरनेसनल कलेजमा ‘एजुकेसन युएसए युनिभर्सिटी फेयर’ सम्पन्न भएको छ । बिहीबार भएको युनिभर्सिटी फेयरमा अमेरिकाका विभिन्न २० विश्वविद्यालयका प्रतिनिधिले जेभियर इन्टरनेशनलका विद्यार्थीलाई आफ्ना विश्वविद्यालयका बारेमा जानकारी दिएका थिए ।
युनाइटेड स्टेट एजुकेसन फाउन्डेसन (युएसइफ) र जेभियरको सहकार्यमा भएको फेयरमा यङ्सटाउन युनिभर्सिटी, विलियम युनिभर्सिटि, युनिभर्सिटी अफ डाकोटालगायत विश्वविद्यालयका प्रतिनिधिले आफ्नो विश्वविद्यालयमा पढाई हुने विषय, छात्रवृत्तिको लागि पुर्याउनुपर्ने प्रक्रिया, शुल्क लगायतका विषयमा जानकारी गराएका थिए ।
यो सम्मेलनले विदेश जान चाहने विद्यार्थीले पढाइ हुने विषय, शुल्क र शैक्षिक परामर्श केन्द्रका विषयमा जानकारी लिन सजिलो भएको जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल दीपेन दाहालले बताए । ‘कलेज परिसरभित्रै अमेरिकाको २० वटा विश्वविद्यालयको बारेमा आफुले जान्न चाहेको कुरा बुझ्न पाउनु सामान्य अवसर हैन । यसले हाम्रा विद्यार्थीलाई विश्वविद्यालय छनोट गर्न धेरै मद्दत पुग्नेछ’ उनले भने ।
विद्यार्थी स्नेहा चौधरीले कुन विश्वविद्यालयमा कुन विषय पढ्न जाँदा उपयुक्त हुन्छ र त्यसको लागि पूर्ण छात्रवृत्तिको लागि के के गर्नुपर्छ भन्ने बारेमा थाहा भएको बताए । ‘धेरै कुरा थाहा पाइयो । कुन युनिभर्सिटीमा कुन विषय पढ्न जाँदा राम्रो हुने र फुल स्कलरसीपको लागि के गर्दा सम्भावना बढी हुन्छ भन्ने लगायतको जानकारी पाइयो’ उनी भन्छिन् ।
विद्यार्थी विनम लामाले कलेजमा नै धेरै वटा विश्वविद्यालयको विषयमा जानकारी लिने अवसर पाएको बताइन् । ‘यी युनिभर्सिटीहरुको विषयमा यत्ति बुझ्न पनि अनलाइनमा धेरै खोज्नुपथ्र्यो कि कन्सल्टेन्सी जानुपथ्र्यो । त्यो गर्नुपरेन’ लामाले भनिन् ।
हेर्नुहोस् थप तस्वीरहरु :
प्रतिक्रिया 4