+
+

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:३१
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया । फाइल तस्वीर

२० माघ, काठमाडौं । असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तय गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने जनाएको छ ।

निर्वाचन आयोगले फागुन २५ गते र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते तोकेको छ । तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राखेका छन् ।

शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘मिति तय नहुँदा पनि प्रश्न उठ्यो, मिति तय भएपछि पनि प्रश्न उठ्यो । त्यसकारण अब हामी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्छौं । त्यसपछि प्रश्नचाहिं अन्त्य हुनेछ । तर एउटा के प्रण गर्नु जरुरी छ भने अब आयोगले कुनै पनि बखत त्यसरी निर्वाचनको मिति तोक्दा प्रश्नै नउठ्ने गरी हामी कानुनको संशोधन गरेर जाने तयारी गरिरहेका छौं ।’

संविधान र कानुनका बीचमा केही द्विविधाहरु कायमै रहेको र निर्वाचन आयोग ती द्विविधालाई सम्बोधन गर्दै अघि बढेको थपलियाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?