+
+
Shares

भूमि आयोग खारेजीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:२२

२० माघ, काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ ।

काठमाडौं उपत्यकाका नदी किनारमा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाउ गएका उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् ।

आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातिमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि समितिका पदाधिकारीले काठमाडौंको बालाजु बाइपास सडक विस्तारका क्रममा स्थानीयबासिन्दामाथि बल प्रयोग गरेर ३९ वटा घर भत्काउँदा आयोग कहाँ थियो भनेर प्रश्न गरेका थिए ।

त्यसपछि आयोग र समितिका पदाधिकारीबिच चर्काचर्कीसमेत भएको छ ।

उपत्यकाका नदी किनारा खाली गराउने अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको योजनामा हस्तक्षेप नगर्न समितिले आयोगलाई चेतावनी दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?