+
+

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १७:४६

२० मधेस, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तर मन्त्रालय भागवण्डाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।

सरकार गठन भएको झण्डै एक महिनापछि एमालेलाई ४, जनता समाजवादी पार्टी (जसपा)लाई ३, जनमतलाई २ र माओवादी केन्द्रलाई एक मन्त्रालयको भागवण्डा भयो ।

मुख्यन्त्री यादवले माओवादीलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय लिन प्रस्ताव गरे । तर माओवादी २ मन्त्रालय पाउनुपर्ने अडान राख्दै सरकारमा सहभागी भएन । मुख्यमन्त्री यादवले पनि माओवादीलाई छाडेर मन्त्रिपरिषद् विस्तार गरे ।

एमालेबाट सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । यसअघि नै मन्त्री भएका एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधारमन्त्री छन् ।

मुख्यमन्त्री यादवको दल जसपाबाट सुनिताकुमारी साह सामाजिक विकास र सिंहासन कलावार खानेपानी तथा उर्जा विकास बनेका छन् । जसपाकै संजयकुमार यादव यसअघि नै अर्थमन्त्री छन् ।

जनमत संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्री नियुक्त भएका छन् । जनमतका बसन्तकुमार कुशवाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् ।

तीन दलबाट एकएक जना राज्यमन्त्री भएका छन् । एमालेका केशव राय गृह तथा सञ्चार, जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास र जनमतका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?