+
+

आगजनी मुद्दामा समातिएका सांसद छाड्न नागरिक उन्मुक्तिको जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १८:३२

२० माघ, धनगढी । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो।

बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।

१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।

बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?