+
+

मधेश प्रदेशमा ‘नागरिकसँग गृह तथा सञ्चार मन्त्री’ कार्यक्रम सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते २०:३३

२० माघ, जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चारमन्त्री सत्रुधनप्रसाद सिंहले ‘नागरिकसँग गृह तथा सञ्चारमन्त्री कार्यक्रम’ सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री सिंहले प्रदेशमा शान्ति सुरक्षाको स्थितिको विषयमा ‘नागरिकसँग गृह तथा संचार मन्त्री’ कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यस मन्त्रालयको पहिलो जिम्मेवारी प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेकाल प्रदेशको शान्ति सुरक्षाको अवस्था के रहेको छ ? शान्ति सुरक्षा र सुव्यवस्थाको सन्दर्भमा नागरिकहरुको धारणा के रहेको छ भन्ने विषयमा नागरिकसमक्ष सम्पर्क विस्तार गर्ने, शान्ति, सुरक्षा र सुव्यवस्थालाई सुदृढ बनाउन सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, पृष्ठपोषण प्राप्त गर्ने लगायतका क्रियाकल्प सञ्चालन गर्ने निर्णयमा भनिएको छ ।

‘नागरिक र मधेश प्रदेश सरकारबीच सुमधुर सम्बन्ध स्थापित गर्दै पारस्परिक विश्वास अभिवृद्धि गर्न प्रदेशमा शान्ति सुरक्षाको स्थिति, नागरिकसँग गृह तथा सञ्चार मन्त्री कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्न उपयुक्त देखिन्छ ।’ निर्णयमा उल्लेख छ ।

उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७१।०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले विविध खर्च शीर्षकबाट कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?