+
+

५ वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं : मुख्यमन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १९:३१

२१ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध प्रदेश हस्तान्तरण गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौती पनि त्यत्तिकै छन् । चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ । पाँच वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं ।’ उनले लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्ने खोजेको बताए ।

मुख्यमन्त्री गिरीले संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम गर्ने बताए । ‘प्रदेश सरकारले नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ’, उनले भने ।

उनले संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेको भन्दै यस्ता गतिविधिले  मुलुकलाई कमजोर बनाउने बताए । ‘संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयताविरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हित विपरीतको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

स्थापना दिवसको अवसरमा पहिलो प्रदेश सभा सञ्चालन र व्यवस्थापन गर्न सहयोग गर्ने बुटवल उद्योग बाणिज्य संघ, नेपाल मानव सेवा आश्रम बुटवल, बुटवल महिला जेसिज र पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियन बुटवललाई कृतज्ञता सहित सम्मान गरिएको थियो । प्रदेश स्थापना दिवसमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा बिजेता र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?