+
+

‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले पनि अभिनय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २१:१०

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्स अफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भइसकेको बताएका छन् ।

‘अवतार ५’ निर्माणको सम्भावना पनि उनले हालैको एक अन्तर्वार्तामार्फत व्यक्त गरेका छन् । एम्पायर म्यागजिनसँगको हालैको एक कुराकानीमा निर्माता जोन लान्डउले केही रोचक किस्सा सार्वजनिक गरेका छन् ।

उनका अनुसार ‘अवतार ३’मा नावी मनिसको दौडको यस्तो कथा प्रस्तुत गरिनेछ जसले फिल्ममा खलपात्रको रुपमा भूमिका निर्वाह गर्नेछन् । म्यागजिनले ती मानिसको चरित्र हिंसात्मक र आक्रामक हुने उल्लेख गरेको छ ।

ती मानिसको नेताको नाम वाराङ रहेको बताउँदै म्यागजिनले जसको भूमिका चर्चित हास्यकलाकार चार्ली च्याप्लिनकी नातिनी र गेम अफ थ्रोन्सकी अभिनेत्री एलुम ओनाले अभिनय गर्नेछिन् ।

‘अवतार ३’मा ओना च्याप्लिनको कास्टिङ केही समयदेखि चर्चामा रहे पनि यसबारे आधिकारिक पुष्टि भएको यो पहिलो पटक हो । सन् २०१८ मा, ओना च्याप्लिनले ‘अवतार’ चलचित्रलाई ’ट्रोजन हर्स सिनेमा’ भनेर वर्णन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?