+
+

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १३:१३

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दाेस्रो स्थानमा रहेका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छन् । आइतबार आयोग गरेका उनको जिकिर छ, उहाँको निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्‍यो ।’

जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?