+
+

नेपाली फिल्ममा कमब्याकको संकेत गर्दै मनिषाले भनिन्- राम्रो आयो भने गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १३:२३

काठमाडौं । अभिनेत्री मनिषा कोइराला निजी कामको सिलसिलामा काठमाडौंमा छिन् । शुक्रबार फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न हलमा पुगेकी उनी शनिबार पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीबारेको पुस्तक विमोचन गर्न प्रज्ञा प्रतिष्ठान पुगिन् । केही दिनमा पूर्वयुवराज्ञी हिमानी शाहसँग एक कन्भर्सेसन छायांकनको तयारी पनि छ ।

यस्तोमा राम्रो र चित्तबुझ्ने स्क्रिप्ट पाए आफू नेपाली फिल्ममा फर्किन तयार रहेको मनिषाले बताएकी छन् । दरबार सिनेम्याक्समा आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को विशेष शोमा मनिषाले यसबारे कुराकानी गरिन् । ‘किन नगर्ने र ? गर्ने नि । राम्रो आयो भने गर्ने,’ नेपाली फिल्ममा फर्कन चाहेको भन्दै उनले संक्षिप्त जवाफ दिइन् । पछिल्लो समय नेपालीको निर्माण शैली गुणस्तरीय बनेकोमा मनिषाले खुसीसमेत व्यक्ति गरिन् ।

फिल्म हेरिसकेपछि उनले साम्राज्ञी शाह र जितु नेपालको अभिनयको प्रशंसा गरेकी थिइन् । मनिषा यतिबेला सञ्जयलीला भन्सालीको नेटफ्लिक्स फिल्म ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको पछिल्लो बलिउड फिल्म ‘शेहजादा’ फेब्रुअरी १७ मा रिलिज हुँदैछ, जहाँ कार्तिक आर्यन प्रमुख भूमिकामा छन् ।

सन् १९९० मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’बाट मनिषाले अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म दीपेन्द्र के खनाल निर्देशित ‘धर्मा’ थियो । निकट स्रोतका अनुसार केही ब्यानरले मनिषालाई नेपाली फिल्ममा समेत अफर गरिरहेका छन् तर मनिषाले कुनै स्क्रिप्टलाई पनि ‘ओके’ भनेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?