+
+

मुख्यमन्त्री कार्कीको गुनासो : बधाई दिने भीडले काममा असर गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १३:५१

२२ माघ, विराटनगर । मुख्यमन्त्री नियुक्त भएपछि बधाई दिन आउनेहरुको भीडका कारण अन्य काममा असर  गरेको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले बधाई दिन आउनेहरुको भीडले काममा असर  गरेको बताएका हुन् ।

‘बधाई दिन आउनेलाई भेट्दिन भन्न पनि मिलेन,’ उनले भने,‘ एकपछि अर्को टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ ।’  पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले बधाई दिने क्रम अझै नरोकिएको बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताए ।  अघिल्लो सरकारले संसदमा पेस गरेको विधेयक संसदीय समितिमा विचाराधिन थियो । मुख्यमन्त्री कार्कीले  नयाँ  कानून बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका हुन् ।

उनले प्रदेशको नाम सकेसम्म सहमतिका आधारमा गर्ने बताए । सहमति हुन नसके प्रक्रियामा लैजाने उनको भनाइ छ ।

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका थिए । कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारीले पुरस्कृत भएका  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?