+
+

बुढो बाघको कथा सुनाउँदै ओलीले कांग्रेसलाई भने : सुनको बाला टिप्न कोही जाने छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:३८

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गरेका छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उनले बताए ।

उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।

एमाले अध्यक्ष ओलीले हाँस्दै अघि भने, ‘साथीहरु बाला देखाइरहनु भएको छ ।’

यो व्यवस्था र राजनीतिक स्थिरतामा खिचलो ल्याउन यस्तो खेल खेल्नु बान्छनीय नभएको उनले बताए । ओलीले अघि भने, ‘ट्राइ योर बेस्ट । सरकारमा रहेका दलहरुले आफ्नो र देशको बारेमा बुझेका छन् र सुनको बाला टिप्न जाने कोही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?