+
+

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा

रासस रासस
२०७९ माघ २२ गते २०:०१

२२ माघ, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ ।

कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश गर्ने तयारी छ ।

कानूनमन्त्रीको नेतृत्वमा हुने समितीमा सत्तारुढ दलका एक÷एक जना मन्त्री, सरोकारवाला मन्त्रालयका सचिव रहेछन् ।

समितिमा छलफल भएपछि विधेयक फेरि मन्त्रिपरिषदमा पेश हुने र त्यहाँबाट स्वीकृत भएर संघीय संसदमा दर्ता हुनेछ ।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, एक साताभित्र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी भएको विधेयक यो सरकारले संसदमा पेश गरेको पहिलो विधेयक बन्नेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?