+
+

केयूकेएलले भन्यो– ११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १४:४३

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै केयूकेएलले पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको बताएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने धेरै ठाउँमा समस्या भएको बताए ।

‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रुपमा आइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रो पानी ट्यांकीमा पानी हुँदा हुँदै पनि वितरण गर्न सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?