+
+

बास्केटबल कोर्टमा यूएसएआईडी प्रमुख सामन्था पावर (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १६:५९

२४ माघ, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी विकास सहयोग नियोग ‘यूएसएआईडी’ प्रमुख समान्था पावर मंगलबार त्रिभुवन विमानस्थल ओर्लिएर सिधै भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालय पुगिन् । जहाँ उनलाई स्वागत गर्न आदर्श माध्यामिक विद्यालय प्रशासनका कर्मचारी, शिक्षक र विद्यार्थीहरूसँगै अमेरिकी नियोगका अधिकारीहरू पहिल्यै पुगिसकेका थिए ।

प्रमुख पावर विद्यालय प्रांगढमा पुगेपछि विद्यार्थीहरूले परम्परागत नेवारी नाच र बाजागाजाले उनलाई स्वागत गरे । स्वागत र परिचयात्मक कार्यक्रम सकिएलगत्तै उनी सोही विद्यालयका विद्यार्थीसँग कोटमा बास्केटबल खेलिन । बास्केटबलको निलो ड्रेस लगाएरै आइपुगेकी उनले आधा समय एउटा टिम र आधा समय अर्को टिमबाट खेलिन् ।

बास्केटबल खेलेपछि उनले विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीसँग अन्तरक्रिया गरिन् । त्यसपछि विद्यालयको उनले उक्त सरकारी विद्यालयको निरिक्षण गरिन् ।

नेपालका पुराना सरकारी माध्यामिक विद्यायलमध्ये एक आदर्श माध्यामिक विद्यालय २०२३ सालमा निर्माण भएको हो । जुन विद्यालय भवनको निर्माणका लागि युएसएआईडीले नै सहयोग गरेको थियो ।

०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि पुननिर्माणको काम पनि यूएसएआईडीले नै गरेको छ । पहिले पनि विभिन्न व्यावहारिक र व्यावसायिक विषयहरू पठनपाठन हुने यो विद्यालयलाई अहिले आधुनिक कम्प्युटर ल्याबसहित व्यवस्थित बनाइएको छ ।

आफू नेतृत्वको संस्थाको सहायतमा निर्माण र पुनर्निर्माण भएकै विद्यालयबाट भ्रमण सुरु गरेकी पावरले यस्ता विभिन्न सामुदायिक विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

दुई दिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको छ ।

यूएसएआईडी र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

साथै, यूएसएआईडीले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ ।

हेर्नुहोस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?