+
+

स्लोभाकिया पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १३:१०

२५ माघ, काठमाडौं ।  स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा छिन् ।

उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाईदिन्छु भन्दै ८ लाख ५०हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान ९ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक  सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?