+
+
Shares

माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई स्वास्थ्य संस्थामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १३:३३

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । दुई स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवा सम्बन्धमा बैंकले सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने काठमाडौंको बसुन्धारामा अवस्थित चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?