+
+

बर्थडेमा किनेको चिठ्ठामा युवतीले जितिन् पौने ५ अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १६:४५

काठमाडौं । सायद कसैको भाग्य नै त्यस्तै हुन्छ कि तालुमा आलु फल्दछ । क्यानडाको ओन्टारियोमा बस्ने जुलियट लेमोर नामकी युवतीको जिवन पनि यसैगरी बदलिएको छ आफ्नो १८ औं जन्मदिनमा ।

उनले गत जनवरी ७ मा आफ्नो १८ औं बर्थडे मनाइन् । आफ्नो विशेष दिनका लागि केही किनमेल गर्न उनी प्रायः एउटा सुपरमार्केटमा जाने गर्छिन् । यसपटक जन्मदिनका लागि के किनौं भनेर उनी अलमलमा थिइन् । त्यसैबेला उनका हजुरबाले उनलाई एउटा चिठ्ठा किन्ने सल्लाह दिए ।

उनलाई चिट्ठा कसरी खरीद गर्ने भन्ने मेसो थिएन । त्यसैले उनले आफ्ना बुवालाई फोन गरेर सोधिन् । त्यसपछि उनले ओन्टारियो लटरी तथा गेमिङ कर्पोरेसनमा गइन् र लटरी खरीद गरिन् । उनले लोट्टो ६–४९ लटरी किनिन् र घर फर्किइन् ।

चिठ्ठा टिकट किनेको केही समयपछि नै उनले त्यो कुरा बिर्सिइन् । एकदिन उनले आफ्ना एक छिमेकीले ७ जनवरीको लटरी जितेको कुरा सुनिन् । त्यसपछि मात्र उनलाई आफूले पनि सो दिन टिकट किनेको सम्झना आयो । उनले हत्तपत्त आफ्नो मोबाइल एपमा गएर लटरीको अपडेट हेरिन् ।

त्यसपछि त के चाहियो ? उनले सोही भाग्यचिठ्ठाबाट ४ करोड ८० लाख क्यानेडियन डलर जितिन् । जुन करिब ४ अर्ब ७४ करोड नेपाली रुपैयाँ बराबर हुन्छ ।

लटरीमा अर्बौ रुपैयाँ जितेपछि जुलियटको जिवनमा आकाश पातलको अन्तर नआउने कुरै भएन । उनले आफ्नो परिवारका लागि ५ वटा सबैभन्दा महँगा मर्सिडिज कार, एउटा चार्टर्ड जहाज तथा लण्डनमा एउटा बंगला खरिद गरिन् ।

आफ्नो भविष्यका लागि अढाई अर्ब रुपैयाँ बचत गरेर राखेकी छिन् । उनले किनेका मर्सिडिज कारको मूल्य २० करोड रुपैयाँ पर्छ भने निजी चार्टर्ड जहाजको मूल्य डेढ अर्ब रुपैयाँ जति पर्दछ । त्यस्तै उनले लण्डनमा खरिद गरेको बंगला करोडको हो ।

आफूले बचत गरेको पैसाबाट मज्जाले अध्ययन गरेर डाक्टर बन्ने उनको धोको छ । त्यसपछि परिवारको साथमा विश्वभ्रमण गर्ने उनले योजना बनाएकी छिन् । दुनियाँका सबै देशका भाषा, भोजन तथा जिवनशैलीको बारेमा जान्न उनी उत्सुक छिन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?