+
+

गठबन्धनमा फाटो ल्याउन राष्ट्रिय सहमतिको गीत गाइदैछ : मन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १२:३८

२६ माघ, धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो योजना सफल नहुने बताए । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा चर्चाका लागि मात्र गरिएको भन्दै पद विशेषमा राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने बताए ।

‘५० लाख युवाहरुलाई स्वदेश फर्काउन, व्यापार घाटा न्यूनीकरण गर्न, आजको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता’, भण्डारीले भने, ‘तर कुनै पद विशेषमा राष्ट्रिय सहमतिको गीत गाउनुको उद्देश्य अहिलेको गठबन्धनमा फाटो ल्याउने प्रयास हो, यसलाई सफल हुन दिदैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?