+
+

च्याटबटले गलत जवाफ दिँदा गुगललाई १ खर्ब डलरको नोक्सानी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १५:४९

२६ माघ, काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा भारी गिरावट आएको छ ।

गुगलको माउ कम्पनी अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ ।

बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।

जेम्स वेब टेलिस्कोपबाट के कुरा पत्ता लाग्यो भन्ने आशयले सोधेको घुमाउरो प्रश्नको उत्तर दिने क्रममा बार्डले गलत उत्तर दिएको थियो ।

बार्डले जेम्स वेब टेलिस्कोपले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको आशय व्यक्त गरेको थियो । जुल गलत थियो । जबकी भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।

फ्रान्सको पेरिसयुट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार रोयटर्सले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।

माइक्रोसप्टले आफ्नो सर्च इञ्जिन बिङमा च्याट जीपीटी समावेश गरे लगत्तै गुगलले आफ्नो आर्टिफिसिएल इन्टेलिजेन्स बार्डको प्रचार प्रसार थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?