+
+

आईएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १६:४३

काठमाडौं । आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको ‘आईएमई पे’ले जनाएको छ । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

८ फेब्रुअरीदेखि सञ्चालनमा आएको यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?