
२६ माघ, काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी बुधबार रातिको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) को १० नम्बर जर्सीमा देखा परे ।
फ्रेञ्च नकआउट फुटबल कुप डी फ्रान्समा उनले दोश्रो पटक १० नम्बरकै जर्सी रोजेका हुन् ।
कुप डी फ्रान्समा खेलाडीले आफ्नो स्थायी जर्सीको सट्टा १ देखि ११ नम्बरसम्मको जर्सी नम्बर लगाउँछन् । मेसीले पहिलो पटक २०२२ मा कुप डी फ्रान्समा पीएसजीका लागि १० नम्बरको जर्सी लगाएका थिए ।
पीएसजीले बुधबार राति अन्तिम १६ मा मार्सिलेविरुद्धको खेलेको थियो । मेसी १० नम्बरको जर्सीमा मैदान उत्रिएको यो खेलमा पीएसजी २–१ ले पराजित भयो ।
उक्त खेलमा नेइमारले भने ११ नम्बरको जर्सी लगाएका थिए । मेसीले एक दशकभन्दा बढी समय बार्सिलोनामा १० नम्बरको जर्सी लगाएर खेल्थे । बार्सिलोना छोडेर पीएसजी आएपछि भने उनले ३० नम्बरको जर्सी लगाउँथे ।
पीएसजीमा जर्सी नम्बर १० उनका बार्सिलोनामा सँगै खेलेका साथी नेइमारले लागउँथे । मेस्सीले पीएसजीका लागि लिग वानका हरेक खेलमा ३० नम्बरकै जर्सी लगाएर खेल्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4