+
+

सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:३७

२६ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूहरु सरकारमा तत्कालै नजाने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सरकारलाई समर्थन भने राम्रो काम गरुन्जेलसम्म रहने बताए ।

‘समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह पनि नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?