+
+

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १२:४३

काठमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाइन कारोबार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

२५ माघमा आयोजित एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरिएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यावसायिक सम्बन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउदै बैंकिङ सम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले यो नयाँ सम्झौताले अनलाइन कारोबारमा प्रभावकारी बैंकिङ सेवा उपलब्ध हुनेमा आफूहरु विश्वस्त रहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?