+
+

राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति बन्दैन : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १७:२६
फाइल तस्वीर

२७ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट राष्ट्रपति बन्ने बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति नबन्ने समेत बताए।

‘राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बन्छ,’ शर्माले भने, ‘सरकार सम्बद्ध गठबन्धनले गरेको प्रस्तावमा राष्ट्रिय सहमति हुन आवश्यक छ।’

उनले माओवादीमा राजनीतिबाहिरबाट राष्ट्रपति ल्याउने कुरा नचलेको बताउँदै अहिलेको सरकार कुनै समस्यामा नरहेकोसमेत दाबी गरे।

‘९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार हो, यसको कुनै चिन्ता छैन,’ उनले भने।

माओवादी केन्द्रले राष्ट्रपतिमा सकेसम्म साझा व्यक्तित्वको खोजी गर्नुपर्ने बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?