२९ माघ दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् ।
नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले हुलाकको संरचनालाई अपग्रेड गर्दै थप प्रभावकारी बनाउन लागेको बताइन्। उनले हुलाक सेवाको पुन:र्संरचना गर्न लागिएको बताइन्।
‘सूचना प्रविधिले फड्को मारिरहेको बेला थुप्रै परम्परागत संरचनालाई सुधार गर्न जरुरी छ’ उनले भनिन्, ‘त्यसका लागि हुलाकलाई पुनर्संरचना गरिदैछ । त्यसको ड्राफ्ट तयार भइसकेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4