+
+

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

टोपराज शर्मा टोपराज शर्मा
२०७९ माघ २९ गते १५:०४

२९ माघ, दाङ । हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।

 

 

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?