+
+

ईसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १५:१५

काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ ।

नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोइरालालाई उक्त सम्मान गरेको हो ।

काठमाडौंको होटल एभरेष्टमा शनिबार भएको एक समारोहमा उनी सम्मानित भएका हुन् । ईसेवा मनि ट्रान्स्फरलाई छनोट गरी पुरस्कृत गरेकोमा म्यानलाई कोइरालाले धन्यवाद दिए । कम्पनीका सञ्चालक, कर्मचारी, एफवान सफ्ट ग्रुप र विदेशमा रहेका नेपालीहरुको माया र सद्भावले नै आफूहरू यस स्थानमा आइपुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?