+
+

विराट गोल्डकपमा पुरस्कार राशी बढाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १७:४३

२९ माघ, विराटनगर । मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ ।

विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले समय उपलब्ध गराएको छ ।

विराट गोल्डकपमा पछिल्लो संस्करणको उपाधि विजेताले १५ लाख १५ रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पाएको थियो ।

यस सिजनको बिजेताले पाउने पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले बताए ।

‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउन पुरस्कार राशी पनि बढाउन लागिएको हो,’ सुवाशीसले भने । उनका अनुसार प्रतियोगिताको विजेताले पाउने रकम करिव २० लाख र उपविजेताले पाउने रकम करिव १० लाख बनाउन तयारी भएको छ ।

प्रतियोगितामा प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार रुपैयाँ नगद पाउने तथा विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताका फ्लड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेल हुनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?