+
+

रविसँग हारेका एमाले पूर्वसांसद भन्छन् : पार्टीले उहाँलाई साझा उम्मेदवार बनाउला भन्ने लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १८:३९

२९ माघ, काठमाडौं । एमाले पूर्वसांसद कृष्णभक्त पोखरेल गत आम चुनावमा रवि लामिछानेसँग पराजित नेता हुन् । त्यसअघि ०७४ को चुनावमा उनी भारी मतसाथ विजयी थिए । पछिल्लो चुनावमा भने उनी तेस्रो बन्न पुगे ।

विगतमा माधव नेपाल निकट रहे पनि पार्टीभित्रको आन्तरिक ध्रुवीकरणमा एमाले अध्यक्ष केपी ओलीसँग उभिएका पोखरेलले नै आगामी १० वैशाखको उपचुनावमा एमालेबाट टिकट पाउलान् त ? यो प्रश्न अहिले किन पनि उठिरहेको छ भने, एमाले अध्यक्ष ओलीले रविलाई यस बीचमा राम्रै प्रोत्साहन दिएका छन् ।

अनि नयाँ सत्ता गठबन्धनमा रवि सभापति रहेको रास्वपा पनि छ, जुन गठबन्धन उनै ओलीको अग्रसरतामा बन्न गएको हो । यही सत्ता गठबन्धन कायम रहे रविलाई एमालेले साझा उम्मेदवारका रुपमा खडा गर्ने सम्भावना पनि छ ।

यसै परिस्थितिमा कृष्णभक्त पोखरेलसँग हाम्रो कुराकानी भयो । उनले भने, ‘उपचुनावमा को उम्मेदवार बन्ने भन्ने पार्टीकै निर्णयमा भर पर्छ । जहाँसम्म मेरो कुरा हो– चितवन २ का ९० प्रतिशत घरधुरीले प्रत्यक्ष रुपमा मलाई चिन्छन्, मैले पनि चिन्छु । मैले दुईपल्ट चुनाव जितेको छु । जनताका काम पक्ष विपक्ष नभनी गरेको छु । विधिको शासनलाई प्रत्येक पाइलामा पालना गरेको छु । मबाट नैतिक रुपमा प्रश्न उठ्ने कुनै काम भएको छैन ।

राजनीतिमा कहिलेकाहिँ हावाहुरी चल्छ । तर त्यो सधैं चल्दैन । मेरो उम्मेदवारी फेरि पर्‍यो भने मैले जित्छु नै । तर कसलाई उम्मेदवार बनाउने भन्ने कुरा मेरो व्यक्तिगत मामिला होइन । हामी सबै पार्टीका सदस्य हौं । पार्टीले दिएको जिम्मेवारी निभाउने हो । तर रविजीमाथि योबीचमा जुन किसिमका प्रश्न उठे, त्यसरी हेर्दा उहाँ फेरि उम्मेदवार बन्ने, अझ हाम्रो गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना मैले देखेको छैन । त्यस्तो होला जस्तो मलाई लाग्दैन । अहिले पार्टीकै निर्णय कुरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?