+
+

सौराहाका सडकमा फुड फेस्टिबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते २१:५८

२९ माघ, चितवन । प्रणय दिवसको अवसरमा चितवनको सौराहामा सडकमा फुड फेष्टिबल सुरु भएको छ । तीनदिनसम्म चल्ने फेस्टिबलको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहा रहेको छ । प्रणय दिवसका अवसरमा आन्तरिक पर्यटकलाई सौराहा ल्याउन भन्दै फुड फेष्टिवल आयोजना हुँदै आएको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ सौराहाको हात्तीचोकदेखि राप्ती ड्याकसम्मका विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर पर्यटकलाई खुवाउने फुड फेष्टिबलका संयोजक धु्रब गिरी बताउँछन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध हुने गिरीले बताए ।

फुड फेष्टिवल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ । फेष्टिवल सुरु भएको जनाउ दिन आज आइतवार विभिन्न संघसंस्थाहरुले सांस्कृतिक भेषभूषासहितको झाँकी प्रर्दशन गरेर बजार क्षेत्र परिक्रमा गरे ।

फेस्टिबलमा फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न कार्यक्रम आयोजना हुनेछ । सांस्कृतिक कार्यक्रमहरु समेत फेष्टिवलमा राखिएको आयोजकको भनाइ छ ।

१७ औं संस्करणको यसपटकको फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने र करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

नेपाल कै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको सौराहामा पछिल्लो समयमा स्वदेशी र विदेशी पर्यटकहरुको संख्यामा कमि आएको व्यवसायीहरुले बताइरहँदा फुड फेष्टिबलले पर्यटकहरु आर्कषित गर्ने विश्वास आयोजकको छ ।

अघिल्ला पटकका फेष्टिबलमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिए पनि यसपटक खासै त्यस्ता कार्यक्रम आयोजना गरिएका छैनन् । सौराहाका होटलहरुले अघिल्ला फेष्टिबलमा विभिन्न छुट अफर दिने गरेको भए पनि यसपटक कुनै छुटको व्यवस्था गरिएको छैन ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समुन घिमिरले यसपटकको फुड फेस्टिबलमा छुटको व्यवस्था नरहेको बताए । ‘होटलहरुमा खासै पर्यटकहरु छैनन्, छुटको पनि व्यवस्था छैन’ घिमिरले भने, ‘भोलि सार्वजनिक विदा भएकोले अलिअलि पर्यटक होलान् भन्ने आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?