+
+

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आउँदै, परराष्ट्र मन्त्रालय खुल्लै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ९:२६
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा

१ फागुन, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा काठमाडौं आउन लागेका हुन् ।

भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहेका क्वात्राले नेपाल बसाइको क्रममा प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणको पूर्व तयारीबारे पनि उनले छलफल गर्ने स्रोतले बतायो ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आउन लागेकाले आज सार्वजनिक विदाको दिन पनि परराष्ट्र मन्त्रालय खुल्लै छ । स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गर्दा परराष्ट्रमन्त्री विमला राई पौड्यालले विरोध जनाएकी थिइन् । उनले आफ्ना कयौ कामहरु भएकाले मन्त्रालयमा जाने र काम गर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?