
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विनयमोहन क्वात्रा । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१ फागुन, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतले स्वागत गरे । विमानस्थलबाट उनी सिधै होटल याक एण्ड यती गएका छन् । त्यहाँ नेपाल–भारत द्विपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा उनी सहभागी भएका छन् ।
भोलि स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेता र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4