+
+

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:४२

१ फागुन, काठमाडौं । नेपाल औषधि लिमिडेटको रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने बताएको छ । आवेदन दिन उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

महाप्रबन्धक हुनका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?