+
+

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

रासस रासस
२०७९ फागुन १ गते १३:०३
फाइल तस्वीर

१ फागुन, म्याग्दी । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो ।

अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । उनका अनुसार अहिले आगलागी भएको जिल्लाको अधिकांश भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ ।

अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानववस्तीभन्दा टाढाका डाँडाकाँडा हुन् । पश्चिमी म्याग्दीको धवलागिरि गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ । धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ । डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको वन कार्यालयले जनाएको छ ।

जिल्लाको गुर्जा, मुदी, कुहिने मङ्गले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको बताइएको छ । ‘यो याममा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ, यो क्रम अझै बढिरहेको छ,’ वन अधिकृत सापकोटाले भने, ‘दक्षिणी भेगको जङ्गल दिनहुँ डढेलोले सखाप भइरहेको छ ।

ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्ने गरेकाले चिसोका कारण हत्तपत्त डढेलो लाग्ने गरेको थिएन । वर्षा भइरहे हत्तपत्त जङ्गलमा आगो लाग्दैनथ्यो तर अहिले भने दिनहुँजसो आगजनीको खबर आउने गरेको उनले जानकारी दिए ।

अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिँडडुल नै सकस हुने गरेकामा पनि यसपटक भने उच्च भेगमा समेत हिउँ नपर्दा सुक्कापन बढेर डढेलो लागेको वन अधिकृत सापकोटाको भनाइ थियो ।

‘असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुख्खापन बढेको छ’, उनले भने, ‘हिउँ पर्ने ठाउँमा मुख्य यामका एक दिन पनि हिउँ परेन । पानी पनि परेको छैन, त्यसैले जमिन सुख्खा बनाएको छ । चिसो कतै देखिन्न ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?