+
+

भ्यालेन्टाइन डेको शुभकामना दिंदै रेखाले भनिन्- प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ११:५९

काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु प्रणय दिवसमा रमाइरहेका छन् ।

सेलिब्रटीहरुले पनि सामाजिक सञ्जालमार्फत प्रणय दिवसको शुभकामना प्रकट गरिरहेका छन् । अभिनेत्री रेखा थापाले प्रेम इतिहासमा सांकेतिक कला बन्यो भन्दै प्रणय दिवसको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित रहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्, किनकि इतिहासमा प्रेम सांकेतिक कला बन्यो । जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पवित्र छ, प्रेम जीवनशक्ति भएर हामीलाई जोडिराख्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?