+
+

सीता एयरले हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १९:१५

२ फागुन, दाङ । सीता एयरलाइन्सले भोलिदेखि हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने भएको छ ।

सीता एयरले तुलसीपुरको टरिगाउँ विमानस्थलमा सोमबार, बुधबार र शनिबार गरी हप्ताको तीन दिन उडान भर्ने भएको हो । नियिमत उडान भर्ने भएपछि नयाँ भाडा पनि निर्धारण गरिएको छ ।

अहिले भाडादर काठमाडौँ – दाङ ८ हजार, दाङ–काठमाडौं ८ हजार १०० रुपैयाँ तय  गरिएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट दिउँसो १२:१० बजे  र दाङबाट दिउँसो साढे १ बजे उडान भर्नेछ ।

माघ १३ गते सीताले परीक्षण उडान भरेको थियो ।

योसँगै तुलसीपुरको टरिगाउँ  विमानस्थलमाबाट हप्तामा ६ दिन जहाजले उडान भर्ने छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको थियो । अहिले टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?