+
+

मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको छ : माधव नेपाल

'अहिलेको सत्ता गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छैन'

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ९:५६

३ फागुन, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन् ।

कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’ राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन् ।

नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताए ।

एक अर्को प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।

उनले नेकपा एमालेकाे राष्ट्रपति भए देश बर्बाद हुने जिकीरसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?