+
+

कुन बैंकमा खाता खोल्ने भन्ने विवादमा मधेश प्रदेशसभा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १७:५०

जनकपुरधाम, फागुन ३ गते । प्रदेशसभा सदस्यको पारिश्रमिकका लागि कुन बैंकमा खाता खोल्ने भन्ने विषयलाई लिएर बुधबार मधेश प्रदेशसभा बैठक नै अवरुद्ध भएको छ ।

बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशसभा सदस्यको खाता खोल्न एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी प्रदेशसभा सचिवालयमा आएका थिए । तर एनएमबि बैंकका कर्मचारीले मात्र प्रवेश पाए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई भने मर्यादापालकले रोकेका थिए ।

स्रोतका अनुसार एनएमबि बैंकका कर्मचारीलाई प्रदेशसभा सचिवालयले बोलाएको थियो भने नेपाली कांग्रेसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई बोलाएका थिए । कांग्रेसका सांसदहरुले सचिवालयले भनेको बैंकमा नभई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा खाता खोल्ने अडान लिएका थिए । तर, सचिवालयले इन्मेस्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रवेश नै गर्न नदिएपछि कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

प्रमुख सचेतक कुमारकान्त झाले आफ्ना अतिथिलाई संसदीय दलको कार्यालयमा पनि प्रवेश गर्न नदिएको भन्दै जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

सभामुख रामचन्द्र मण्डलले यो विषयमा बैठकमै जवाफ दिने कि आफ्नो कार्यकक्षमा छुट्टै छलफल गर्ने भनेर सोधे । कांग्रेसका प्रदेशसभा सदस्यहरु नबोलेपछि उनले भने, ‘गेस्ट बोलाउने, राख्ने अवसर मानननीय सदस्यहरुलाई छ । तर अराजकता गर्ने, समस्या क्रियट गर्ने, प्रदेशसभालाई डिस्टोर्ट गर्ने काम गर्नेलाई गेस्ट भन्न सकिँदैन । ३ घण्टादेखि … ऊ आफ्नो बिजनेस गर्न आएको छ, प्रदेशसभाको निर्णयलाई अवहेलना गर्ने व्यक्तिका लागि यो ठाउँ कदापी हुन सक्दैन ।’

तर कांग्रेस सांसदहरुले प्रतिवाद गरे । आफूहरुले जोसुकैलाई बोलाउन सक्ने भन्दै आफूहरुले बोलाएको अतिथिलाई रोक्नु सभामुखको काम नभएको बताए । यही विवाद लम्बिँदै गएपछि प्रदेशसभा बैठक १० मिनेटलाई स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सचिवालयले नभई दुबै बैंकका प्रतिनिधिलाई प्रदेशसभा सदस्यहरुले नै बोलाएको बताए । ‘खाता जुनमा खोलाउँदा पनि सुविधा खातामा नै जान्छ । तर सांसदहरुले जुन बैंकले बढी सुविधा दिन्छ । त्यसमा खोलाउन सहमति गरेका थिए । तर कुनमा खोलाउने भन्ने सहमति भएको भनेर मलाई थाहा भएन’ उनले अनलाइनखबरसँग भने ।

काँग्रेस प्रमुख सचेतक झाले अघिल्लो कार्यकालका प्रदेशसभा सदस्यको खाता रहेको बैंकमा नै कांग्रेसले यसपटक पनि खाता खोल्न चाहेको बताए । तर बैंकका प्रतिनिधिलाई बोलाएपछि छिर्न नदिएर अपमान गरेपछि बैठक अवरोध गरेको बताए ।

स्थगित १० मिनेटको समयमा आ–आफ्नै अनुकुल बैंकमा खाता खोलाउने सहमति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?