+
+

राष्ट्र बैंकको सर्वेक्षण : एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशतसम्म पुग्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:४५

३ फागुन, काठमाडौं । सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेको नेपाल राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेका हुन् ।

राष्ट्र बैंकले २४–३० पुस २०७९ मा ६० बजार क्षेत्रका दुई हजार १० जना व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरेको उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा १० प्रतिशत मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

आगमी तिन महिनामा अहिलेको भन्दा उच्च मूल्यवृद्धि हुने अनुमान १८.१ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या ३४.५ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धि घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या ३२.१ प्रतिशत रहेको छ । यस्तै मूल्य स्थिर रहेन अनुमान गर्ने उपभोक्ता १४.३ प्रतिशत र घट्न अनुमान गर्ने उपभोक्ता पनि १.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या असोजमा ८६.६ प्रतिशत र असारमा ९४.७ प्रतिशत रहेकोमा पुसमा घटेको छ । आगामी १ वर्षमा मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने अनुमान गर्ने सर्वसाधारण २८.१ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुनसक्ने अनुमान गर्ने सर्वसाधारण ४०.१ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धिदर कम हुने अनुमान गर्ने उपभोक्ता २१.१ प्रतिशत रहको राष्ट्र बैंकले जनाएको छ । यस्तै ६.५ प्रतिशतले मूल्यवृद्धि स्थिर हुने र १.१ प्रतिशतले आगामी १ वर्षमा अहिलेको भन्दा मूल्य घट्नसक्ने अनुमान गरेका छन् ।

आगमी ३ महिनामा खाद्यवस्तुको मूल्य बढ्ने अनुमान गर्ने उपभोक्ता ८८.९ प्रतिशत रहेका छन् । खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । यस्तो उत्तर दिने उपभोक्ता असोजमा ७६.१ प्रतिशत रहेकोमा पुसमा ७४.५ प्रतिशत रहेका छन् ।

खाद्यवस्तुको मूल्य आगामी एक वर्षमा बढ्ने अनुमान गर्ने उपभोक्ता असोजको तुलनामा घटेका छन् भने खाद्यवस्तुको मूल्य घट्नसक्ने अनुमान गर्न उपभोक्ता केही बढेका छन् । असोजमा आागमी एक वर्षसम्म खाद्यवस्तुको मूल्य बढ्ने अनुमान गर्ने उपभोक्ता ९५.६ प्रतिशत रहेकोमा पुसमा ९४.६ प्रतिशत रहेको छ । आगामी एक वर्ष खाद्यवस्तुको मूल्य स्थिर रहने अनुमान गर्ने उपभोक्ता असोजमा ३.९ प्रतिशत रहेकोमा पुसमा ४ प्रतिशत र एक वर्षमा खाद्यवस्तुको मूल्य घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या असोजमा ०.४ प्रतिशत रहेकोमा पुसमा बढेर १.४ प्रतिशत पुगेको छ । खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पदार्थ तथा सुर्ती र होटल तथा रेस्टुरेन्ट बाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको हो ।

एक वर्षमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने अनुमान

राष्ट्र बैंकको सर्वेक्षणमा आगामी ३ महिनामा अपेक्षित मुद्रास्फीति १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म हुनसक्ने अनुमान उत्तरदाताले गरेका छन् । गत असोजमा भएको सर्वेक्षण्मा पनि ३ महिनामा १० प्रतिशत र १ वषमा १२ प्रतिशत अपेक्षित मुद्रास्फीति हुने अनुमान उपभोक्ताको थियो ।

उपभोक्ताले अहिले पनि १२ प्रतिशत नै मूल्यवृद्धि रहेको अनुमान गरेको बताएका छन् । तर, राष्ट्र बैंककको तथ्यांक अनुसार भने २०७९ पुसको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको अनुमान गरेका छन् । असोजमा भएको सर्वेक्षणमा पनि उपभोक्ताले १२ प्रतिशत नै मुद्रास्फीति रहेको अपेक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?