+
+

आईपीओ जारी गर्न इङ्वा खोला हाइड्रोपावरले पायो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:१६

३ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले इङ्वा खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्तालाई उक्त सेयर निष्कासन गर्नेछ । जारी पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीले ३० प्रतिशत पूँजी साधारण सेयर मार्फत जुटाउन लागेको हो । कम्पनीले आईपीओ जारी गर्नको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाट क्षमताको इङ्ग्वा खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?