+
+

काठमाडौं महानगरका मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:०१
फाइल तस्वीर

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी निवासको सुविधा पाउने भएका छन् । महानगरपालिकाले कानुन नै बनाएर प्रमुख र उपप्रमुखलाई सरकारी निवासको सुविधा उपलब्ध गराउन लागेको हो ।

महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यले भने सरकारी निवासको सुविधा लिएका थिएनन् । आफ्नै घर भएका कारण आफूले सरकारी निवासको सुविधा नलिएको उनी बताउँछन् । शाक्य अघिका मेयरहरुले भने लैनचौरस्थित बेलायती दूतावास अगाडि रहेको यसअघिको उपराष्ट्रपति निवासलाई सरकारी निवासको रुपमा प्रयोग गर्ने गरेका थिए ।

ऐन अनुसार घरको बन्दोबस्त नभएको वा प्रमुख तथा उपप्रमुखको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा घरभाडाबापत कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने छ ।

यस्तै प्रमुख र उपप्रमुखको सरकारी निवासको घरको मर्मत–सम्भार खर्च समेत महानगरपालिकाबाट हुने ऐनमा उल्लेख छ । महानगरले निजी घरमा बस्ने प्रमुख र उपप्रमुखलाई घर मर्मत र सरसफाइको निमित्त कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

महानगरपालिकाले यो सुविधा प्रमुख र उपप्रमुखलाई आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिने ऐनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?