+
+

घरभाडा लगाउने व्यक्तिले नै घरको बीमा गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:३३

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र घरबहालमा लगाउँदा बीमा गराउनुपर्ने भए त्यसको जिम्मा घरधनीले नै लिनुपर्ने भएको छ ।

महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार घरको बीमा बहालमा लिने वा दिने जुन पक्षले गरेपनि बीमा बापत खर्च भएको रकमको दायित्व घरधनीकै हुने व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार बीमा गर्न/गराउन घर बहालमा दिनेले घर सम्बद्ध आवश्यक कागजात घर बहालमा लिने व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ ।

‘पुरै घर बहालमा नलिइ कुनै तला वा कोठा वा घरको आंशिक एकाइ मात्र बहालमा लिएको अवस्थामा भने घरको बीमा गराउने जिम्मेवारी घरधनीकै हुनेछ’ निर्देशिकामा भनिएको छ ।

घर बहालमा लिने व्यक्तिले घरको बीमा गराएको अवस्थामा भने सो बापत लागेको खर्च घरधनीलाई बुझाउने बहाल रकममा कट्टा गर्न पाउने व्यवस्था महानगरले गरेको छ । महानगरले गरेको व्यवस्था अनुसार बहालमा लिने/दिने घरको बीमा गर्ने सम्बन्धी अन्य विषय बहाल सम्झौतामा उल्लेख गरेबमोजिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?