+
+

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते २१:५५

३ फागुन, काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) लाई नियुक्त गरेको स्रोतले जनाएको छ ।

त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा डा. धनप्रसाद सुवेदी नियुक्त भएका स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?