+
+

आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता

मुभी टिकटमा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:३५

काठमाडौं । आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्यूएफएक्स नामक अफरको सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारका दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने छ । यो अफर हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्ने छन् । त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र अफरको फाइदा उठाउन सक्नेछन् । यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताए ।

क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले यो सम्झौताबाट फिल्मी प्रेमी दर्शकहरुलाई सहज हुने र अझ बढी ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?