+
+

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:३९

काठमाडौं । हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । ८२ वर्षीया रक्वेलको स्थानीय समयानुसार बुधबार बिहान निधन भएको उनका म्यानेजरले जनाएका छन् ।

उनलाई हलिउडमा एक्सन हिरोइनका लागि मार्गप्रशस्त गर्ने श्रेय समेत दिइन्छ । सन् १९६० मा अभिनय करिअर सुरु गरेकी रक्वेललाई ‘वान मिलियन ईअर्स बीसी’ मा गरेको अभिनयका कारण ‘अन्तर्राष्ट्रिय सेक्स सिम्बोल’ समेत भनेर चिनिन्थ्यो ।

उनले सन् १९७४ मा फिल्म ‘द थ्री मस्केटियर्स’बाट प्रतिष्ठित गोल्डेन ग्लोब अवार्ड समेत जितेकी थिइन् ।

सन् १९४० मा अमेरिकाको क्यालिफोर्नियामा जन्मेकी रक्वेलले ५० वर्षको फिल्म करिअरमा ३० फिल्म र ५० टेलिसिरिजमा अभिनय गरेकी थिइन् । उनले किशोरावस्थामा तीनवटा सौन्दर्य प्रतियोगिता जितेकी थिइन् भने पछि स्थानीय मौसम पूर्वानुकर्ताको रुपमा समेत काम गरेकी थिइन् ।

उनका ‘१०० राइफल्स’, ‘द प्रिन्स एण्ड द पपर’, ‘चेयरम्यान अफ द बोर्ड’ र ‘लिगली ब्लोन्ड’ लगायत फिल्म चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?