+
+

संसद सचिवालय कर्मचारी युनियनको चुनावमा कांग्रेस र माओवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १८:०३

४ फागुन, काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

कांग्रेस र माओवादीको तालमेल भएपछि एमाले समर्थित कर्मचारीहरु एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

कांग्रेस र माओवादीको प्यानलबाट अध्यक्षमा कांग्रेस समर्थित गोविन्द बेल्बासे र उपाध्यक्षमा माओवादी समर्थित चन्द्रप्रसाद ढुंगाना उम्मेदवार छन् ।

यो प्यानलबाट सचिवमा सरस्वती रिजाल, सहसचिवमा अर्जुन पौड्याल, कोषाध्यक्षमा रामकृष्ण भेटुवाल उम्मेदवार छन् । सदस्यहरुमा रोबन प्रजापति, सदन राई, सकुन्तला भट्ट, पृथलाल विश्वकर्मा, मितलेश कुमार यादव र चन्द्र बहादुर नगरकोटी उम्मेदवार छन् ।

कांग्रेस र माओवादी मिलेपछि एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । एमाले समर्थित विनोद न्यौपाने अध्यक्षका उम्मेदवार छन् ।

यस्तै उपाध्यक्षमा प्रमिला पौडेल गौत्तम, सचिवमा पवन महत, सहसचिवमा अस्मिता चौलागाईं र कोषाध्यक्षमा निरज पन्थी उम्मेदवार छन् । सदस्यहरुमा विनुका शेर्पा, समिर गौत्तम, विकाश विश्वकर्मा, जनकराज तामाङ, डल्ले गुरुङ र विन्दाकुरमी भट्टराई उम्मेदवार छन् ।

कांग्रेस र माओवादीको प्यानलबाट सदस्यका उम्मेदवार सदन राई परिस्थितिले दुई प्यानल बन्न पुगेको बताउँछन । ‘एउटा प्यानलमा एमालेहरु मात्रै रहेका छन् ।’ उनले भने ।

निर्वाचनमा कूल २०२ मतदाता छन् । अहिले मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?